
काठमाडौँ । नेपालमा थप ६५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०७ जना पुरुष र २५२ जना महिला गरी ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७१८ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८३२ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६४२७ रहेको छ । क्वारेन्टीनमा ३६९ जना रहेका छन् ।
मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा गत २४ घण्टामा ५ हजार ५७८ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख १५ हजार २३२ परिक्षण भएको छ ।
