
पोखरा । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम आज (मङ्गलबार) देखि खुला भएको छ ।
कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम आज देखि सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागले जनाएको छ ।
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरेको जनाइएको छ ।
अहिलेलाई दैनिक मोटरसाइकलमा एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको विभागले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
