नेपालमा थप ५११ जनामा कोरोना पुष्टि, ६०० जना संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म २ लाख ५१ हजार ९१२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६०० जना संक्रमणमुक्त भएका हुन्।

यस्तै, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाले मृत्यु हुनेको संख्या १८४७ पुगेको छ ।

हाल देशभर ६ हजार ३०० सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५११० परिक्षण भएको छ भने हालसम्म १९ लाख २६ हजार ४७७ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: