कोरोनाः विश्वभर संक्रमितको संख्या ८ करोड ३० लाख नाघ्यो, अमेरिकामा मात्रै २ करोड बढी संक्रमित

Share:

पोखरा । विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ३० लाख नाघेको छ ।

गत २४ घण्टामा मात्रै ७ लाख १९ हजार १७४ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको संख्या ८ करोड ३० लाख ४५ हजार ६२१ पुगेको वल्र्डाेमिटर्सले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १४ हजार ७४८ संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ लाख १० हजार ९६३ पुगेको छ ।

हालसम्म विश्वभर ५ करोड ८८ लाख ५२ हजार १७८ जना निको भएका छन् । गत २४ घण्टामा मात्र ५ लाख २३ हजार ७५५ जना संक्रमणमुक्त भएका हुन् ।

हाल विश्वभर २ करोड २३ लाख ८२ हजार ४८० सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार ६०४ गम्भिर बिरामी छन् ।

सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड नाघेको छ ।

गत २४ घण्टामा थप २ लाख ३४ हजार ५५० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २ करोड २ लाख १६ हजार ९९१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड १९ लाख ९८ हजार ७९४ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ५० हजार ७७८ पुगेको छ ।

हाल अमेरिकामा ७८ लाख ६७ हजार ४१९ सक्रिय संक्रमित छन् । ती मध्ये २९ हजार ३१२ गम्भिर बिरामी छन् ।

कमेन्ट गर्नुहोस्
Share: