
पोखरा । पर्वतमा जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
जिल्लाको जलजला गाउँपालिका वडा नं ९ बनौँमा बुधबार जीप दुर्घटना हुँदा जलजला–६ शालिजाकी २३ वर्षीया कौशिला पुर्जाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
कुश्मा–बनौँ सडक खण्डअन्तर्गत ग २ च ६३७९ नं. को जीप दुर्घटना हुँदा जीपमा सवार तीन जनामध्ये पुर्जाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
जीपका सवारी चालक जलजला–८ नाग्लिवाङका पुर्षोत्तम चापागाई, वडा नं ९ बनौँ घर भई सोही जीपका सहचालक यमन गर्बुजा सामान्य घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सडकमा गुडिरहेको जीप सडकबाट करिब २०० मिटर तल पुगेर भिरमा रहेको रुखमा अल्झिएको अवस्थामा रहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
