पोखराका २४ सहित गण्डकीमा थप २७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका २४ सहित गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

शुक्रबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका २७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै २४ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, तनहुँ, म्याग्दी र स्याङ्जाका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का ४० वर्षीय पुरुष, वडा नं.२ की ८७ वर्षीया महिला, वडा नं.४ का ५१ वर्षीय पुरुष, वडा नं.५ की २८ वर्षीया महिला, वडा नं.६ का २५ र ५५ वर्षीय पुरुष, वडा नं.८ का २६ वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, वडा नं.९ का ३० र ३९ वर्षीया महिला, वडा नं.१० का ५६ र ७० वर्षीय पुरुष तथा ५६ र ६१ वर्षीया महिला, वडा नं.१३ का २७ र ५४ वर्षीय पुरुष, वडा नं.१४ का ३३ र ५८ वर्षीय पुरुष, वडा नं.१७ का २८, ३१ र ४४ वर्षीय पुरुष, वडा नं.२३ का ४७ वर्षीय पुरुष, वडा नं.२५ का ४२ वर्षीय पुरुष र वडा नं.२६ की ३३ वर्षीया महिलामा कोरोना देखिएको छ ।

यस्तै, तनहुँको व्यास वडा नं.३ का ५८ वर्षीय पुरुष, म्याग्दीको मंगला वडा नं.५ का २९ वर्षीय पुरुष एवं स्याङ्जाको चापाकोट वडा नं. ३ की ६७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ६१५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: