
पोखरा । पोखराका २७ सहित शुक्रबार गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ६ वटा जिल्लाका ४३ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै २७ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका ६ जना, म्याग्दीका ५ जना, स्याङ्जाका ३ जना, तनहुँ र पर्वतका एक, एक जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ६३१ पुगेको छ ।
गत २४ घण्टामा प्रदेशभरबाट १०४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३ हजार ४८७ पुगेको छ ।
हालसम्म गण्डकीमा १९२ जना संक्रमितको भने मृत्यु भइसकेको छ ।
हाल प्रदेशभर ९५२ सक्रिय संक्रमित रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा २४६ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २० हजार ९८२ परिक्षण भएको छ ।
