तनहुँको बन्दीपुरबाट लागुऔषधसहित दुई युवा पक्राउ

Share:

तनहुँ । तनहुँको बन्दिपुरबाट लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् ।

जिल्लाको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार स्थित पुलचोक खाजा घरबाट लागुऔषधसहित शुक्रबार लमजुङ बेँसीशहर–२ शन्तिटोल निवासी २७ वर्षीय गोवीन गुरुङ र बेँसीशहर–७ निवासी १९ वर्षीय विशाल घले पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट डाइजापाम ४७ एम्पुल, नुर्फिन ४७ एम्पुल, र फेनरागन ४७ एम्पुल गरी जम्मा १४१ एम्पुल बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

थप अनुसन्धान पनि सुरु गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: