
पोखरा । छिमेकी देश भारतमा थप १७ हजार ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ३ लाख ३ हजार ४०९ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म भारतमा ९९ लाख १ हजार ९२९ जना निको भएका छन् । गत २४ घण्टामा २० हजार १४३ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १८७ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४९ हजार २०५ पुगेको छ ।
हाल भारतमा २ लाख ५२ हजार २७५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
हाल विश्वमै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा भारत दोस्रो स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
