
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणमुक्त हुनेको संख्या ६ करोड नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा ४ लाख ४३ हजार ६४१ जना निको भएसँगै विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ करोड ८४ हजार ३९१ पुगेको हो ।
यस्तै, गत २४ घण्टामा ५ लाख ४९ हजार ८० संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ८ करोड ४९ लाख ६७ हजार १३४ पुगेको छ ।
हालसम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ लाख ४२ हजार ९३८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ८ हजार १४० संक्रमितको मृत्यु भएको वल्र्डाेमिटर्सले जनाएको छ ।
हाल विश्वभर २ करोड ३० लाख ३९ हजार ८०५ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार ५१७ गम्भिर बिरामी छन् ।
सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ९ लाख ४ हजार ७०१ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड २३ लाख ६१ हजार ३८७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ५८ हजार ६८२ पुगेको छ ।
हाल अमेरिकामा ८१ लाख ८४ हजार ६३२ सक्रिय संक्रमित छन् । ती मध्ये २९ हजार २५८ गम्भिर बिरामी रहेका छन् ।
