पोखरामा कारको ठक्करबाट मोटरसाइकल चालक घाइते

Share:

पोखरा । पोखरामा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

आइतबार बिहान ५ः१५ बजे पोखरा–८ स्थित पृथ्वी राजमार्ग बस संचालक कम्पनि प्रा.लि.को कार्यालय नजिकै जिरोबाट पृथ्वीचोक तर्फ जाँदै गरेको ग १६ प ४५३ नं. को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको नं. नखुलेको सेतो रङको कारले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा गोरखा गण्डकी गाउँपालिका–४ घरभई हाल पोखरा–५ पस्र्याङ बस्दै आएका मोटरसाइकल चालक २९ वर्षीय सन्तोष बराम घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

घाइते बरामको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । बरामको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार फरार रहेकोले खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: