
पोखरा । पोखराका २५ सहित गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार दिउँसो कास्कीका २५ र स्याङ्जाका १ जना गरी थप २६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
पोखरा वडा नं. ५ का ३३ वर्षीय पुरुष, वडा नं.६ का २७ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं.८ की ७० वर्षीया महिला, वडा नं.१३ का २२ र २७ वर्षीया महिला, वडा नं.१४ का ३९, ४५, ५५ र ८५ वर्षीय पुरुष तथा ४३ वर्षीया महिला, वडा नं.१६ का ४२ र ५५ वर्षीय पुरुष तथा २९, ५० र ८१ वर्षीया महिला, वडा नं.१७ का २४, २७, ३३, ५० र ८४ वर्षीय पुरुष तथा २१, ५८ र ८६ वर्षीया महिला, वडा नं.२५ की ३२ वर्षीया महिला एवं स्याङ्जाको पुतलीबजार वडा नं.१३ का ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ७२५ पुगेको छ ।
