पोखरामा उपचाररत स्याङ्जाका कोरोना संक्रमित पुरुषको मृत्यु

Share:

पोखरा । पोखरामा उपचाररत स्याङ्जाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका ६ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार बिहान ५ः४५ बजे फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

ती पुरुषलाई पुष १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या १९४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: