
पोखरा । पोखराका ११ सहित गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सोमबार दिउँसो प्रदेशका ७ वटा जिल्लाका २८ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका ११ जना, मनाङका ५ जना, लमजुङ, तनहुँ र स्याङ्जाका ३/३ जना, गोरखाका २ जना तथा पर्वतका एक जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
पोखरा वडा नं. ५ की ३० वर्षीया महिला, वडा नं.६ का ४५ र ६२ वर्षीय पुरुष, वडा नं.७ का ३० र ६४ वर्षीय पुरुष, वडा नं.८ का ४० वर्षीय पुरुष, वडा नं.१३ का २८ वर्षीय पुरुष, वडा नं.१४ का ४६ वर्षीय पुरुष, वडा नं.१८ का ६५ वर्षीय पुरुष र वडा नं.२७ का ४० र ६७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै, मनाङको नासोङ गाउँपालिकाका ७२ वर्षीय पुरुष तथा २८, ३७, ५९ र ६९ वर्षीया महिला, लमजुङको सुन्दरबजार वडा नं. २ का ६४ वर्षीय पुरुष, वडा नं.१० का १९ वर्षीय पुरुष, मस्र्याङ्दी वडा नं.३ की ३१ वर्षीया महिला, तनहुँको बन्दीपुर वडा नं.१ का ३० वर्षीय पुरुष, वडा नं.३ का ४० वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं.१० का ३५ वर्षीय पुरुष, स्याङ्जाको वालिङ वडा नं.८ का ३२ र ४० वर्षीय पुरुष तथा २३ वर्षीया महिला, गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं.१ का २७ वर्षीय पुरुष, गोरखा नगरपालिका वडा नं.१२ का ५० वर्षीय पुरुष एवं पर्वतको बिहादी वडा नं.१९ का ७७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ७५३ पुगेको छ ।
