
पोखरा । देशभर थप ५२२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १८४ महिला र ३३८ पुरुष गरी ५२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।
यस्तै, आज देशभरबाट थप ८ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ८९३ पुगेको छ।
हालसम्म नेपालमा २ लाख ५५ हजार ६६६ जना निको भएका छन् । गत २४ घण्टामा मात्रै ५७८ जना संक्रमणमुक्त भएका हुन् ।
देशभर हाल ५ हजार २२५ जना सक्रिय संक्रमित छन्। क्वारेन्टीनमा ३४२ जना रहेका छन्।
गत २४ घण्टामा ४ हजार ५५१ नमुना परीक्षण भएको छ भने हालसम्म नेपालमा १९ लाख ५७ हजार ४५४ परीक्षण भएको छ ।
