विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १८ लाख ७४ हजार नाघ्यो

Share:

पोखरा । विश्वभर पछिल्लो २४ घण्टामा थप १३ हजार ४७ कोरोना (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

योसँगै विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या १८ लाख ७४ हजार ३४८ पुगेको वल्र्डाेमिटर्सले जनाएको छ ।

यस्तै, गत २४ घण्टामा ६ लाख ८२ हजार ४७३ संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ८ करोड ६८ लाख १८ हजार ५२५ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ करोड १५ लाख २२ हजार ५७३ पुगेको छ । गत २४ घण्टामा ४ लाख ६४ हजार ३८७ जना निको भएको छ ।

हाल विश्वभर २ करोड ३४ लाख २१ हजार ६०४ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ७ हजार ९९० गम्भिर बिरामी छन् ।

सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड १५ लाख ७८ हजार ६०६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड २८ लाख ६२ हजार २१६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ६५ हजार ६२० पुगेको छ ।

हाल अमेरिकामा ८३ लाख ५० हजार ७७० सक्रिय संक्रमित छन् । ती मध्ये २९ हजार ७३३ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: