बुधबार पोखराका २७ सहित गण्डकीमा ३६ कोरोना संक्रमित थपिए, ५३ जना डिस्चार्ज

Share:

पोखरा । बुधबार पोखराका २७ सहित गण्डकी प्रदेशमा ३६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका ३६ जनामा कोरोना संक्रमण भएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २७ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङ, लमजुङ र पर्वतका २/२ जना, म्याग्दी, स्याङ्जा र तनहुँका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८४७ पुगेको छ ।

यस्तै गत २४ घण्टामा प्रदेशभरबाट ५३ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १३ हजार ८५६ पुगेको छ ।

हालसम्म प्रदेशमा १९४ संक्रमितको मृत्यु भइ सकेको छ ।

हाल प्रदेशमा ७९७ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७०६ जना होम आइसोलेसनमा छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा ३६३ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २२ हजार ३०६ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: