पोखराका २६ सहित गण्डकीमा थप २९ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका २६ सहित गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहीबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका २९ जनामा कोरोना संक्रमण भएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २६ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङका २ जना र लमजुङका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का २३ वर्षीय पुरुष तथा ८४ वर्षीया महिला, वडा नं.४ का ३२ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.५ का ३८ र ४७ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला, वडा नं.८ का २५ वर्षीय पुरुष तथा ३९ र ६० वर्षीया महिला, वडा नं.१० का ५६ वर्षीय पुरुष तथा २८ वर्षीया महिला, वडा नं.१३ का ७४ वर्षीय पुरुष, वडा नं.१६ का ४० वर्षीय पुरुष, वडा नं.१७ का ४२ र ५७ वर्षीय पुरुष, वडा नं.२५ का ६४ वर्षीय पुरुष, वडा नं.२६ का ३१ वर्षीय पुरुष, वडा नं.२७ का ६७, ४८ र ५५ वर्षीया महिला, वडा नं.२९ का ६३ वर्षीय पुरुष तथा ५६ वर्षीया महिला, वडा नं.३१ का ५३ वर्षीया महिला, वडा नं.३३ का ६५ वर्षीय पुरुष तथा ६२ वर्षीया महिलामा कोरोना संक्रमण भएको छ ।

यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ८ का २२ वर्षीय पुरुष, बडिगाड वडा नं.५ की ६६ वर्षीया महिला एवं लमजुङको राईनास वडा नं. ९ का ५० वर्षीय पुरुष, बाग्लुङको बडिगाड वडा नं.५ की ६६ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८७६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: