
काठमाडौँ । अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनको जित प्रमाणित गरेको छ। अमेरिकी संसद्को संयुक्त बैठकले राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपति पदमा कमला ह्यारिसको जितको प्रमाणित गरेको हो ।
संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई आगामी जनवरी २० मा शपथ ग्रहणका लागि बाटो खुलेको छ । संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकन पार्टीले विरोध जनाए पनि ती दुई तिहाइले पारित भएनन् ।
यसअघि ट्रम्प समर्थकको प्रदर्शनका कारण संसद्को संयुक्त बैठक केही बेर रोकिएको थियो । यस प्रदर्शनका क्रममा अहिलेसम्म चार जनाको ज्यान गएको छ भने १० जनाभन्दा धेरै घाइते भएका छन् ।
जर्जियामा डेमोक्रेटिक उम्मेदवारहरूको जितसँगै अमेरिकी सिनेटमा डेमोक्रेट्स और रिपब्लिकन्सको सङ्ख्या समान भएको छ । सिनेटमा १ सय सदस्य हुन्छन्, अब दुवै पार्टीका सदस्यको सङ्ख्या ५०–५० भएको छ । यसअघि अमेरिकी सिनेटमा रिपब्लिकन्सको बहुमत थियो ।
यसअघि अमेरिकाका सबै ५० राज्यका इलेक्टोरल कलेजले जो बाइडेनले ३०६ र ट्रम्पले २३२ मत प्राप्त गरेको पुष्टि गरेको थियो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोलर मत आवश्यक हुन्छ।
