लुम्बिनीमाथि मनाङको संघर्षपूर्ण जित

Share:

काठमाडौं, माघ १६ । रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ–मर्स्याङ्दीले लगातार दोस्रो जित हासिल गरेको छ ।

football_super_final_pic_final72164

मनाङले शुक्रबार जगदम्बा लुम्बिनी फुटबल क्लबलाई १–० ले हराएको हो । संघर्षपूर्ण जित हासिल गरेको मनाङलाई जिताउन खेलको ५६औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल दिलाए ।

८२औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै लक्ष्मण रुचाल बाहिरिएसँगै लुम्बिनी १० जनामा सीमित भएको थियो ।

यसअघि पहिलो खेलमा मनाङले सुदूरपश्चिमान्चल फुटबल क्लब कैलालीलाई ३–० ले हराएको थियो । लुम्बिनीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराएर ठोस सुरुआत गरेको थियो ।

दोस्रो जितसँगै मनाङले लिग तालिकाको शीर्ष स्थानमा रहेको थ्रीस्टारसँग अंक बराबरी गरेको छ । शीर्ष स्थानको थ्रीस्टारको ६ अंक छ । पहिलोपटक ‘होम एन्ड अवे’को आधारमा जारी लिगमा ‘ए’ डिभिजनका ५ तथा जिल्लाका ४ टोली सहभागी छन् ।

कमेन्ट गर्नुहोस्
Share: