
पोखरा । शनिबार देशको पूर्व र पश्चिमका केही क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ ।
महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले केही स्थानमा आंशिकदेखि सामान्यत बदली हुने भएको हो ।
अहिले बिहान लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।
शनिबार दिउँसो प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
कमेन्ट गर्नुहोस्
