
पोखरा । छिमेकी देश भारतमा थप १८ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४ लाख ३२ हजार ५२६ पुगेको छ ।
तीमध्ये भारतमा १ करोड ५५ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १९ हजार २१३ जना निको भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २२९ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ८३५ पुगेको छ ।
हाल भारतमा २ लाख २५ हजार ७५६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डाेमिटर्सले जनाएको छ ।
भारत हाल सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
