भारतमा थप १६ हजार ८५ जनामा कोरोना पुष्टि

Share:

पोखरा । भारतमा थप १६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४ लाख ६७ हजार ४३१ पुगेको छ ।

तीमध्ये भारतमा १ करोड ९२ हजार १३० जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १६ हजार ७३५ जना निको भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १५० संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५१ हजार १९८ पुगेको छ ।

हाल भारतमा २ लाख २४ हजार १०३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

हाल सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा भारत दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: