सूचनाको हक सम्बन्धमा दुई दिने तालिम

Share:

बिग न्युज पोखरा, १६ माघ / पश्चिमाञ्चलका विभिन्न जिल्लाका पत्रकारका लागि सूचनाको हक सम्बन्धी दुई दिने तालिम शुक्रबारदेखि पोखरामा सुरु भएको छ । पत्रकारको क्षमता विकास गर्ने उद्देश्यले अष्टेलियन दुतावास र विकास संचार समाज, नेपाल (सोडेक) को आयोजनामा भएको तालिममा गण्डकी र धौलागिरी अञ्चलका २२ जना क्रियाशील पत्रकारको सहभागिता रहेको छ । कास्की, स्याङ्जा, तनहुँ, गोरखा, लम्जुङ, बागलुङ, पर्वत जिल्लाका पत्रकारको तालिममा सहभागिता रहेको छ ।

तालिममा सूचना हक, सूचना कसरी प्राप्त गर्ने, पत्रकारको भूमिका लगायतका विषयमा स्रोतव्यक्तिले सहजीकरण गर्नेछन् । पहिलो दिन शुक्रबार सोडेसका अध्यक्ष डा. पीयुस मिश्र, महासचिव प्रकाश घिमिरे, सूचनाको हक सम्बन्धि विज्ञ लक्ष्मणदत्त पन्त, रिपब्लिका दैनिकका सहायक सम्पादक विमल गौतमले सहजिकरण गरे ।

Talimm 1

तालिम शुभारम्भ कार्यक्रममा बोल्दै नेपालका लागि अष्ट्रेलियाका राजदुत ग्लेन ह्वाइटले सूचनाको हकको रक्षा गर्नु सबैको दायित्व भएको बताए । उनले पत्रकारको क्षमता विकास हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले तालिमलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल बार एसोसिएसन कास्कीका सचिव दिपकराज पौडेलले पनि बोलेका थिए । सोडेसका अध्यक्ष डा. पीयुस मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रकाश घिमिरेले गरेका थिए । यस्तो किसिमको तालिम यसअघि विराटनगर र नेपालगंजमा सम्पन्न भएको थियो । पोखरापछि काठमाण्डौंमा तालिम हुने आयोजकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: