
तनहुँ । तनहुँमा सोमबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको आबूखैरेनी गाउँपालिका–२ नारीघाट स्थित धनराज गुरुङको जीर्ण अवस्थामा रहेको घरमा बिगत ७ वर्ष देखी बस्दै आएको हालसम्म वतन नखुलेको अन्दाजी ५५ वर्षको समय निरौला नाम बताउने पुरुष मृत फेला परेका हुन् ।
विगत २ दिन देखी उक्त घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीले स्थानीय बासिन्दा र जनप्रतिनिधीको रोहबरमा आज बिहान ०८ः३० बजे उक्त घरको ढोका खोली हेर्दा ती पुरुष मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
