भारतमा थप १२ हजार ४८२ जनामा कोरोना संक्रमण

Share:

पोखरा । भारतमा थप १२ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४ लाख ७९ हजार ९१३ पुगेको छ ।

तीमध्ये भारतमा १ करोड १ लाख १० हजार ७१० जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १८ हजार ५८० जना निको भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १६६ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ३६४ पुगेको छ ।

हाल भारतमा २ लाख १७ हजार ८३९ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

हाल सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा भारत दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: