
पोखरा । नेपाली बजारमा बुधबार (आज) सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला एक सयले बढेर प्रतितोला ९२ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको ९२ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मुल्यमा पनि तोलामा १० रुपैयाँले बढेको छ ।
मंगलबार तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
