
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९ करोड २७ लाख नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप ७ लाख ४५ हजार ८११ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ करोड २७ लाख ५१ हजार ८२० पुगेको छ ।
हालसम्म विश्वमा ६ करोड ६२ लाख ७९ हजार १६४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ४ लाख ५४ हजार ७२० जना निको भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १६ हजार ३६२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १९ लाख ८५ हजार ४८५ पुगेको हो ।
हाल विश्वभर २ करोड ४४ लाख ८७ हजार १७१ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १० हजार ७१० गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ३६ लाख १६ हजार ३४५ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ३९ लाख ७५ हजार ३६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ९२८ पुगेको छ ।
हाल अमेरिकामा ९२ लाख ४७ हजार ३८१ सक्रिय संक्रमित छन् । ती मध्ये २९ हजार २३८ गम्भिर बिरामी रहेका छन् ।
