भारतमा थप १५ हजार ६७७ जनामा कोरोना संक्रमण

Share:

पोखरा । छिमेकी देश भारतमा थप १५ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५ लाख २८ हजार ५०८ पुगेको वल्र्डाेमिटर्सले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १८९ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ९५४ पुगेको छ ।

भारतमा हालसम्म १ करोड १ लाख ६२ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १५ हजार ८२८ जना निको भएका हुन् ।

हाल भारतमा २ लाख १४ हजार ४७२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा भारत अहिले दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: