
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९ करोड ४९ लाख २६ हजार ५९६ पुगेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप ६ लाख ४१ हजार ३२८ संक्रमित थपिएका हुन् ।
यस्तै, गत २४ घण्टामा थप १२ हजार ९०८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख २९ हजार ६६३ पुगेको हो ।
अहिलेसम्म विश्वमा ६ करोड ७७ लाख ५९ हजार ३४१ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ४ लाख २९ हजार ६९३ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड ५१ लाख ३७ हजार ५९२ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ११ हजार ६१७ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ४३ लाख ६ हजार ४३ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ४३ लाख ४३ हजार ६४४ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ५ हजार २६१ पुगेको छ ।
हाल अमेरिकामा ९५ लाख ५७ हजार १३८ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ८५० गम्भिर बिरामी रहेको वल्र्डाेमिटर्सले जनाएको छ ।
