पोखरामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

Share:

पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।

कास्की पोखरा–८ का ७३ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार दिउँसो १ः४० बजे मृत्यु भएको हो ।

ती पुरुषमा पुस २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणसँगै निमोनिया समेत रहेको जनाइएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: