पोखरामा उपचाररत तनहुँकी एक कोरोना संक्रमित महिलाको मृत्यु

Share:

पोखरा । पोखरामा उपचाररत तनहुँकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

तनहुँको भीमाद नगरपालिका–६ की ५० वर्षीया संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा आइतबार राति १०ः३० बजे मृत्यु भएको हो ।

ती महिलामा पुस २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणसँगै प्रेसर, सुगरलगायतको समस्या समेत रहेको जनाइएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: