
पोखरा । देशका केही क्षेत्रको मौसम बुधबार (आज) आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
अहिले बिहान प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै देशका पहाडी क्षेत्रका केही स्थानमा र तराईका अधिकांश स्थानमा हुस्सु र कुईरो लागि रहेको छ।
बुधबार दिउँसो प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ का पहाडी भू–भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश नं. १ का पहाडी भू–भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
