
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९ करोड ६५ लाख नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप ५ लाख ८५ हजार ७४९ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ करोड ६५ लाख ९९ हजार ६८७ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप १४ हजार ६७५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख ६३ हजार ९८१ पुगेको हो ।
हालसम्म विश्वमा ६ करोड ९२ लाख ५३ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ६ लाख २८ हजार १८५ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड ५२ लाख ८२ हजार २६४ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ११ हजार ८६५ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ४८ लाख ६ हजार ९६४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ४७ लाख ८६ हजार ८५२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ११ हजार ४८६ पुगेको छ ।
हाल अमेरिकामा ९६ लाख ८ हजार ६२६ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ४१८ गम्भिर बिरामी रहेका छन् ।
