
पोखरा । भारतमा गत २४ घण्टामा थप १३ हजार ७९५ जनामा कोरोना (कोभिड–१९) पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ५ लाख ९६ हजार ४४२ पुगेको छ ।
तीमध्ये १ करोड २ लाख ४५ हजार ९२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १७ हजार २४० जना निको भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १६१ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ७५४ पुगेको छ ।
हाल भारतमा १ लाख ९८ हजार ५९६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
हाल सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा भारत दोस्रो स्थानमा छ।
कमेन्ट गर्नुहोस्
