
तनहुँ । तनहुँमा एक महिला सुतिरहेको ठाँउमा मृत फेला परेकी छन् ।
जिल्लाको देवघाट गाँउपालिका वडा नं. ५ क्युंदी निवासी सन्त बहादुर गुरुङकी श्रीमती ४५ वर्षीया सीतामाया गुरुङ बुधबार मृत अवस्थामा भेटिएकी हुन् ।
बेलुका खाना खाइ सुतेकी गुरुङ बुधबार बिहान सवा आठ बजेसम्म नउठे पछि आफन्तले हेर्दा सुतिरहेको अवस्थामा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
