पहाडी क्षेत्रमा आंशिक बदली

Share:

पोखरा । शुक्रबार (आज) पहाडी क्षेत्रमा आंशिक बदली रही देशका अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको हो ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना छ ।

यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कमेन्ट गर्नुहोस्
Share: