
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९ करोड ८० लाख नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप ६ लाख ६४ हजार ९३२ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ करोड ८० लाख ६० हजार ९९ पुगेको छ ।
तीमध्ये ७ करोड ४ लाख ४८ हजार ७९७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ६८ हजार ४ जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा थप १६ हजार ५७८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख ९८ हजार ४७२ पुगेको हो ।
हाल विश्वभर २ करोड ५५ लाख १२ हजार ८३० सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ११ हजार ३०१ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ५१ लाख ९६ हजार ८६ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ५१ लाख ९९१ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख २० हजार २८५ पुगेको छ ।
हाल अमेरिकामा ९६ लाख ७४ हजार ८१० सक्रिय संक्रमित छन् । ती मध्ये २७ हजार ६५३ गम्भिर बिरामी रहेको वल्र्डाेमिटर्सले जनाएको छ ।
