
पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।
कास्की पोखरा–१ की २५ वर्षीया संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति ९ः५६ बजे मृत्यु भएको हो । उनमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
कमेन्ट गर्नुहोस्

