मौसमः धेरै स्थानमा बदली, केही स्थानमा बर्षाको सम्भावना

Share:

पोखरा । देशका धेरै स्थानमा शनिबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ ।

केही स्थानमा भने पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको र तराईका भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

शनिबार दिउँसो सुदुर–पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

यस्तै, राति सुदुर–पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका एक र दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: