
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २१ लाख नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप १५ हजार ९५३ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख १४ हजार ८१७ पुगेको हो ।
यस्तै, गत २४ घण्टामा थप ६ लाख ५२ हजार ९५२ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ९ करोड ८७ लाख १९ हजार २७९ पुगेको छ ।
हालसम्म विश्वमा ७ करोड ९ लाख १ हजार ८०१ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ३८ हजार ६८८ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड ५७ लाख २ हजार ६६१ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ११ हजार २६७ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ५३ लाख ९० हजार ४२ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ५२ लाख २२ हजार ७१९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख २४ हजार १७७ पुगेको छ ।
हाल अमेरिकामा ९७ लाख ४३ हजार १४६ सक्रिय संक्रमित छन् । ती मध्ये २७ हजार ३२२ गम्भिर बिरामी रहेको वल्र्डाेमिटर्सले जनाएको छ ।
