
पोखरा । भारतमा गत २४ घण्टामा थप १४ हजार ३४४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ६ लाख ४० हजार ५४४ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १५४ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार २२१ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ३ लाख ६३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १७ हजार १७४ जना निको भएका हुन् ।
हाल भारतमा १ लाख ८७ हजार २६० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
हाल भारत कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचिमा दोस्रो स्थानमा छ।
कमेन्ट गर्नुहोस्
