नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

Share:

काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।

तीमध्ये २ लाख ६४ हजार १३७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप ४०३ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ । क्वारेन्टीनमा १४५ जना रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: