विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ६५ हजार नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २१ लाख ६५ हजार नाघेको छ ।

गत २४ घण्टामा मात्रै १५ हजार ८७९ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ६५ हजार १९० पुगेको छ ।

यस्तै, गत २४ घण्टामा विश्वभरबाट थप ५ लाख २८ हजार ६९८ संक्रमित थपिए छन् ।

यससँगै विश्वभर कोरोना संक्रमितको कुल संख्या १० करोड ८ लाख १२ हजार ६२० पुगेकोे छ ।

हालसम्म विश्वमा ७ करोड २८ लाख २५ हजार ६९० जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ५ लाख ३६ हजार ४३१ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड ५८ लाख २१ हजार ७४० सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १० हजार १७३ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ६० लाख ११ हजार २२२ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ५७ लाख ६७ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार ४५२ पुगेको छ ।

हाल अमेरिकामा ९८ लाख ८ हजार ३५७ सक्रिय संक्रमित छन् । ती मध्ये २६ हजार १ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: