नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु, प्रधानमन्त्रीद्वारा शुभारम्भ

Share:

काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट देशभरका खोप केन्द्रमा एकसाथ शुभारम्भ गरेका हुन् ।

अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो ।

प्रधानमन्त्री ओलीले खोप अभियान शुभारम्भ गरेको देशका विभिन्न १२० केन्द्रमा भर्चुअल माध्यमबाट देखाइएको थियो । खोप अभियान अन्तरगत आज पहिलो दिन १२ हजार जनालाई खोप लगाइने जनाइएको छ । पहिलो चरणको अभियान १० दिनभित्र सम्पन्न हुने छ ।

काठमाडौँमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौँ मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: