
पोखरा । स्थानिय बजारमा बुधबार (आज) सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ७ सयले घटेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुन तोलाको ९२ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलामा १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि मंगलबार चाँदी तोलामा १२ सय ५५ मा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
