
पोखरा । पोखराका ३२ सहित गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार हालसम्म जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ६ वटा जिल्लाका ४१ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ३२ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङ र तनहुँका ३/३ जना तथा स्याङ्जा, पर्वत र गोरखाका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.२ की ५८ वर्षीया महिला, वडा नं.३ का ४० वर्षीय पुरुष, वडा नं.४ का ६७ वर्षीय पुरुष, वडा नं.५ का ५३ वर्षीय पुरुष, वडा नं. ६ का २४, २८ र ५९ वर्षीय पुरुष, वडा नं.८ का ५५ वर्षीय पुरुष, वडा नं. १० का ३० वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.११ का ३९ र ५१ वर्षीय पुरुष तथा ३० वर्षीया महिला, वडा नं.१४ का ५७ वर्षीय पुरुष, वडा नं.१५ का २७ वर्षीय पुरुष तथा २ वर्षीया बालिका, वडा नं.१६ का ३९ र २२ वर्षीय पुरुष तथा २२ वर्षीया महिला, वडा नं.१७ का ३० वर्षीय पुरुष तथा ४७ वर्षीया महिला, वडा नं.१८ की २१ वर्षीया महिला, वडा नं.१९ का ४९ वर्षीय पुरुष, वडा नं.२५ की २७ वर्षीया महिला, वडा नं.२७ का १७ वर्षीय पुरुष तथा १२ वर्षीय बालक सहित ७४ वर्षीया महिला, वडा नं.३० की ४२ वर्षीया महिला, वडा नं.३१ का४० वर्षीय पुरुष तथा ३५ र ७७ वर्षीया महिला, वडा नं.३२ की ४६ वर्षीया महिलामा कोरोना देखिएको छ ।
यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.१ का ६७ वर्षीय पुरुष, वडा नं. २ का ४९ वर्षीय पुरुष, वडा नं.४ का २३ वर्षीय पुरुष, तनहुँ भानु वडा नं. ३ की ३० वर्षीया महिला, व्यास वडा नं.१ की ७६ वर्षीया महिला, वडा नं.४ का २८ वर्षीय पुरुष, स्याङ्जा पुगलीबजार वडा नं.२ का ७९ वर्षीय पुरुष, पर्वत बेनी वडा नं.४ का २९ वर्षीय पुरुष एवं गोरखा पालुङटार वडा नं.६ का ४१ वर्षीय पुरुषमापनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ४७८ पुगेको छ ।
