
पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।
स्वास्थ्य तथा जनससंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।
नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म २ हजार २० जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २१३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।
उनीहरुमध्ये २ लाख ६५ हजार ३६५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट थप २९६ जना निको भएका हुन् ।
हाल देशभर ३ हजार २०३ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ११३ जना छन् ।
मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ७९१ परिक्षण भएको छ भने हालसम्म २० लाख ६० हजार ८६० परिक्षण भएको छ ।
