
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या १० करोड २० लाख नाघेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ६ लाख १ हजार २१२ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको कुल संख्या १० करोड २० लाख ११ हजार ४४१ पुगेकोे छ ।
यस्तै, गत २४ घण्टामा १६ हजार ३८८ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ९९ हजार ३३३ पुगेको छ ।
हालसम्म विश्वमा ७ करोड ३८ लाख ५० हजार २७० जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ५ लाख ३२ हजार ७९५ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड ५९ लाख ६१ हजार ८३८ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ९ हजार ७५७ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ६३ लाख ३८ हजार ६०७ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ६० लाख ७० हजार १२७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ४३ हजार ७६९ पुगेको छ ।
हाल अमेरिकामा ९८ लाख २४ हजार ७११ सक्रिय संक्रमित छन् । ती मध्ये २५ हजार ४९४ गम्भिर बिरामी रहेका छन् ।
