
पोखरा । शनिबार पोखराका १० सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका २ वटा जिल्लाका ११ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ११ जना रहेका छन् भने म्याग्दीका १ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ५१७ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ५४ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १४ हजार ९४८ पुगेको छ ।
हाल प्रदेशभर ३६६ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३३६ रहेका छन् ।
हालसम्म गण्डकीमा २०३ जनाले भने कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा २२८ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २६ हजार ७३२ नमुना परिक्षण भएको छ ।
